बोझोघारीको श्री शारदेश्वर शिव मन्दिरमा प्रतिमा स्थापना र प्राण प्रतिष्ठा अनुष्ठान सम्पन्न

IMG-20240123-WA0325.jpg

गान्तोक: राजधानी गान्तोकदेखि केहि टाडामा अवस्थित बोझोघारीको श्री शारदेश्वर शिव मन्दिरमा भगवान शिव अनि परिवार, भगवान विष्णु र भगवान सूर्यदेवको प्रतिमा स्थापना सहित प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ।

श्री शारदेश्वर शिव मन्दिर बोझोघारी सञ्चालन समिति र राष्ट्रिय हिन्दु संगठन सिक्किम शाखाको संयुक्त आयोजनामा गत १७ जनवरीदेखि प्रतिमा स्थापना र प्राण प्रतिष्ठा कार्यक्रम आराम्भ गरिएको थियो।

१७ जनवरीको दिन कलश यात्रा आयोजना गरिएको र २२ जनवरीसम्म दैनिक रूपमा हनुमान चालिसा पाठ, शिव पाञ्चयन पूजा, आरती, भगवान विष्णुको पूजा, रुद्र अभिषेक, भगवान सूर्यदेवको पूजा, सत्सङ्ग अनि प्राण प्रतिष्ठा सम्पन्न गरिएको श्री शारदेश्वर शिव मन्दिर बोझोघारी सञ्चालन समितिक अध्यक्ष कर्मा सामतेन भोटिया र राष्ट्रिय हिन्दु संगठन सिक्किम प्रदेशका संगठन महामन्त्री महातम ठाकुरले जानकारी दिएका छन्। अनुष्ठानको अन्तिम दिन श्री शारदेश्वर शिव मन्दिरमा विशेष यज्ञ हवन सम्पन्न भएको थियो जसमा ठुलो सङ्ख्यामा श्रद्धालुहरुले सहभागिता जनाएका थिए।

यस सप्ताहव्यापी प्रतिमा स्थापना अनि प्राण प्रतिष्ठा अनुष्ठान आयोजना गर्नको निम्ति स्थानीय राष्ट्रिय हिन्दु संगठन शाखाका विरेन्द्र सिंह, अखलेश सिंह, दिनेश प्रसाद, अजित प्रसाद, गुड्डु प्रसाद लगायत बोझोघारी बेपारी समाज अनि स्थानीयवासीको ठुलो योगदान रहेको श्री शारदेश्वर शिव मन्दिर बोझोघारी सञ्चालन समितिका अध्यक्ष कर्मा सामतेन भोटियाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement