नयाँ दिल्ली, २३ जनवरीः भारत र ईंग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीज २५ जनवरीदेखि शुरु हुनेछ। त्यसको ठीक अघि पूर्व भारतीय क्रिकेटर आकाश चोपड़ाले विराट कोहलीको प्रतिस्थापनबारे ठूलो बयान दिएका छन्। उनले रिंकू सिंहलाई टीम इण्डियामा सामेल गर्ने पक्षमा आवाज उठाउँदै भने, रिंकू बारे के सोचिएको छ..उनलाई दक्षिण अफ्रिकामा टीमसँग राखिएको थियो। उनी केवल सेतो बलका खेलाड़ी होइनन्। उनी केवल टी२० खेलाड़ी पनि होइनन्। मौका पाउँदा उनले जहिले पनि प्रथम श्रेणीको क्रिकेट खेल्छन् अनि उनको रेकर्ड हेर्दा हुन्छ। चोपड़ाको बयानलाई केन्द्र गरेर चर्चा-परिचर्चा शुरु हुन अघि नै बीसीसीआईले रिंकूलाई नयाँ रोल दिएर समस्त बहस नै समाप्त गरेको छ।
वास्तवमा भारतीय टीममा फीनिशरको भूमिकामा असल काम गरिरहेका रिंकूलाई भारत ए टीममा सामेल गरिएको छ, जसले २४ जनवरीदेखि शुरु हुने दोस्रो अनौपचारिक चारदिने टेस्ट म्याचमा ईंग्ल्याण्ड लायन्सको सामना गर्नेछ। ईंग्ल्याण्ड लायन्सको टीम अहिले तीनवटा अनौपचारिक टेस्ट म्याचको सीरीज खेल्न भारत यात्रामा रहेको छ। प्रथम श्रेणीको क्रिकेटमा रिंकूको प्रभावशाली रेकर्ड रहेको छ। अलीगढ़मा जन्मिएका यस खेलाड़ीले ६५ वटा ईनिंग्समा ५७.५७-को औसतले ३१०९ रन बनाएका छन्, जसमा ७ वटा शतक र २० वटा अर्द्धशतक सामेल छ। सीनियर खेलाड़ी विराट कोहलीले ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजको पहिलो दुईवटा म्याचमा स्वयंलाई अनुपलब्ध बताएका छन्। यस्तो स्थितिमा रिंकूले पहिलो टेस्टमा मौका पाउने सम्भावना कम्ती नै छ कारण ईंग्ल्याण्ड लायन्स विरुद्ध दोस्रो अनौपचारिक टेस्ट म्याच २४ जनवरीदेखि शुरु हुनेछ जबकि भारत र ईंग्ल्याण्डबीच पहिलो टेस्ट म्याच २५ जनवरीदेखि हैदराबादमा शुरु हुनेछ। यस्तो स्थितिमा अन्तिम एकादशमा स्थान बनाउन नसके पनि कप्तान रोहित शर्मा र प्रशिक्षक राहुल द्रविड़ले माग गरे रिंकू सीनियर टीममा सामेल हुन सक्नेछन् तर अहिले त्यस्तो केही हुने सम्भावना चाहिँ कम्ती नै रहेको छ। यसबीच ईंग्ल्याण्ड लायन्स विरुद्ध दोस्रो अनौपचारिक टेस्ट म्याचमा असल प्रदर्शन गर्न सके रिंकूले ईंग्ल्याण्ड विरुद्ध दोस्रो टेस्ट म्याचको निम्ति सीनियर टोलीमा कोहलीको स्थान लिन सक्ने सम्भावना चाहिँ रहेको छ।
भारत ए टीमः अभिमन्यु ईश्वरन (कप्तान), साई सुदर्शन, रजत पाटीदार, सरफराज खान, तिलक वर्मा, कुमार कुशाग्र, वाशिंगटन सुन्दर, सौरभ कुमार, अर्शदीप सिंह, तुषार देशपाण्डे, विदरथ कावेरप्पा, उपेन्द्र यादव, आकाशदीप, यश दयाल र रिंकू सिंह।