म्यानमार सेनाको विमान मिजोरममा रनवेबाट चिप्लियो

thequint_2024-01_d3e86ee7-8a4d-48db-ac90-f94da893069b_WhatsApp_Image_2024_01_23_at_3_54_28_PM.jpeg

गुवाहाटी: म्यानमारको एक सैन्य विमान मिजोरमको लेङपुई विमानस्थलमा मंगलबार रनवेबाट चिप्लियो। यो सैन्य विमान आफ्नो देशमा विद्रोही समूहहरूसँग गम्भीर झडपपछि उत्तर-पूर्वी भारतीय राज्यमा शरण खोजिरहेका म्यानमारका सेनाका जवानहरूलाई एयरलिफ्ट गर्न आएको थियो। लेङपुईमा टेबलटप रनवे चुनौतीपूर्ण मानिन्छ। म्यानमारको विमान शान्क्सी वाई–८ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर यसको फ्युजलेज दुई टुक्रा भयो। भारतले सोमबार कम्तिमा १८४ म्यानमारका सैनिकलाई घर पठाएको थियो। असम राइफल्सले जारी गरेको एक आधिकारिक विज्ञप्तिले पुष्टि गरेअनुसार, गत हप्ता कुल २७६ म्यानमार सैनिक मिजोरममा प्रवेश गरेका थिए र सोमबार ती मध्ये १८४ जनालाई म्यानमार फिर्ता पठाइएको थियो। स्वतन्त्र राज्यका लागि लडिरहेको म्यानमारको विद्रोही समूह ‘अरकान आर्मी’का लडाकुहरूले यी सैनिकहरूको शिविर कब्जा गरी मिजोरमतर्फ भाग्न बाध्य पारेका थिए। म्यानमारका सेनालाई परवास्थित असम राइफल्सको शिविरमा लगियो र पछि निगरानीका लागि लुङ्गलेई पठाइयो। म्यानमारका सैनिकहरूको यो समूहलाई म्यानमारको वायुसेनाका विमानहरूले आइजोल नजिकैको लेङपुई विमानस्थलबाट म्यानमारको रखाइन राज्यको सिट्वेसम्म प्रस्थान गरेसँगै म्यानमारका सैनिकको स्वदेश फिर्ता शुरु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement