मिरिक: गाेर्खा जनमुक्ति माेर्चा केन्द्रीय अध्यक्ष बिमल गुरूङ आज मिरिक आएका छन्। उनी मिरिक आएपछि मिरिक महकुमा समितिकाे कार्यालयमा यहाँका पार्टी कार्यकर्ताहरूसित सभा गरेका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सत्ता पक्षले हामीलाई जनसभा गर्ने अनुमति दिएकाे छैन। सत्ता पक्षलाई बिमल गुरूङले भष्टचारकाे पाेल खाेल्छ भन्ने भय भएकाे कारण नै जनसभाकाे अनुमति नदिएकाे हाे भने। उनले जति नै बाधा दिए पनि बिमल गुरूङ जातिकाे उत्थानकाे लागि अघि बड्नेछ। बिमल गुरूङसित विकाउ नेताहरू छैन। बिमल गुरूङसित जाति र माटाेप्रेमी जनता छ। नेता बिक्री भए पनि जनता बिक्री भएकाे छैन। समय आएपछि जनताले आवश्य जवाब दिनेछ भने। उनले बिमल गुरूङले अघिबाटै २०२४ मा जसले गाेर्खाल्याण्डकाे मुद्धालाई सहयाेग गर्छ उसैलाई सहयाेग गर्छ भनिसकेकाे छ। याे कुराेमा अडिग छु। यद्यपि चुनाउबारे पार्टी केन्द्रीय समितिले सभा गरेर आफ्नाे अडान स्पष्ट गर्नेछ भने।उनले आफू अलग राज्य गाेर्खाल्याण्डकाे मागमा अडिग रहेकाे दाबी गर्दै मेराे अन्तिम स्वाससम्म छात्तीमा गाेर्खाल्याण्ड रहनेछ भने। मिरिक महकुमा समिति गाेजमुमाे पार्टी कार्यालयमा भएकाे सभामा मिरिक महकुमा अध्यक्ष रूपेस राई, महासचिव पूर्णसिंह राई, अर्पण राई, राम राई, पुजन तामाङ, नारी माेर्चा केन्द्रीय सांगठनिक सचिव ललिता छेत्री, केन्द्रीय सांगठनिक सचिव बिनाेद खालिङ, केन्द्रीय सदस्य डंकन राई, बिजय लेप्चा आदि उपस्थित रहेका थिए।