मिरिक: मिरिक नगरपालिकाको वार्ड नम्बर चारमा रहेको देउसे डाँडामा आज सीसी फूटपाथ निर्माण कार्यकाे लागि शिलान्यास गरियाे। उक्त शिलान्यास कार्य गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरे। यस अवसरमा स्थानीय मानिसहरूकाे पनि उपस्थिति रहेकाे थियाे। हाल पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीकाे दिशानिर्देशमा जारी गाउँमा नै समधान याेजनामार्फत् उक्त सिसी फूटफाथकाे निर्माण गरिने भएकाे छ।

यस अवसरमा बाेल्दै मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीकाे दिशा निर्देशमा जारी गाँउमा नै समधान याेजनामार्फत् आम जनताकाे समस्याकाे समाधान गरिने कार्य भइरहेकाे अनि साेही याेजनामार्फत् मिरिक नगरपालिकाको वार्ड नम्बर चारकाे विभिन्न ठाँउमा सिसी फूटपाथ निर्माण हुने भएकाे जसले स्थानीय मानिसहरूलाई यातायातमा सुविधा हुनेछ भने।