खरसाङ: केएफसीको खेलाड़ी जर्सी नम्बर ७ पुजन सुब्बाको ह्याट्रिकको दममा केएफसी एघारौं शहीद गोल्ड कपको सेमी फाईनलमा प्रवेस गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र युवा मामिला अनि खेलकूद विभागको संयुक्त आयोजनामा खरसाङको चानबारी खेल मैदानमा भईरहेको एघारौं शहीद गोल्ड कप अन्तर्गत आज फुतछ्योलिङ हिरोस भूटार र कञ्जनजंघा फुटबल क्लब केएफसीमाझ सम्पन्न भएको थियो।

यस खेलमा पहिलो हाफको १२औं मिनटमा केएफसीको जर्सी नम्बर ७ पुजन सुब्बाले गोल गरेर बढ़त बनाएका थिए। त्यसको लगत्तै ४३ औं मिनटमा भूटानको खेलाड़ी जर्सी नम्बर १८ लाकपाले गोल गरेर खेल बराबरीमा ल्याएको थियो। यसको साथै पहिलो हाफको खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफको बीसौं मिनटमा केएफसीको जर्सी नम्बर ७ पुजन सुब्बाले दोस्रो गोल गरेर खेल २-१ मा लगेका थिए। यसको साथै उनले नै दोस्रो हाफको ४३औं मिनटमा पुजन सुब्बाले नै तेस्रो गोल गरेर टिमको जीत सुनिश्चित गरेका थिए। यसको साथै उनी एघारौं शहीद गोल्ड कपको दोस्रो ह्याट्रिक गर्ने खेलाड़ी बनेका छन्।

पुजन सुब्बाको ह्याट्रिकको दममा केएफसी ३-१ को अन्तरले जितेर सेमी फाईनलमा प्रवेस गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच केएफसीको जर्सी नम्बर ७ पुजन सुब्बा चयन भएका छन्।