गान्तोक: आगामी २६ जनवरीको दिन सोरेङमा पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर सोरेङ जिल्लाका जिल्लापालको कार्यालयमा एक समीक्षा सभा सम्पन् भयो। उक्त सभामा पुलिस अधिक्षक नकूल प्रधान, अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
उक्त सभामा गत १६ जनवरीको दिन बसेको जिल्ला समन्वय बैठकले दिएको निर्देशन र निर्णय अनुसार गणतन्त्र दिवस पालनबारे भइरहेको तयारी कार्य/व्यवस्थाको समीक्षा गरियो।
सभालाई सम्बोधन गर्दै जिल्लापालले गणतन्त्र दिवस तयारीबारे भइरहेको सबै प्रकारको व्यवस्थाबारे जानकारी लिए। यसरी नै उनले कार्यक्रम स्थलको सजावट विवरण, समय, सांस्कृतिक कार्यक्रम, र अधिकारीहरूले तोकिएको अन्य जिम्मेवारीहरू पूरा गर्न लाइन विभागका अधिकारीहरूलाई आग्रह गरे।









