सप्ताहव्यापी महापुराणमा मन्त्री पन्तको उपस्थिति

IMG-20240124-WA0003.jpg

गान्तोक: दक्षिण सिक्किमको पेकुस्थित दुर्गा मन्दिरमा गत १९ जनवरीदेखि शुरू भएको सप्ताहव्यापी महापुराणको समापन आगामी २६ जनवरीको दिन हुने भएको छ। यस पूजाको तेस्रो दिन राज्य सरकारको पर्यटन मन्त्री तथा क्षेत्र विधायक बीएस पन्तको उपस्थिति रहेको थियो। उनले उपस्थित सबै भक्तजन तथा अऩुयायीहरूलाई शुभकामना दिँदै कार्यक्रमको सफलताको कामना पनि गरे। आयोजक समितिले विधायकलाई भेटस्वरूप स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement