राजधानीमा शुरू भयो तीन दिवसीय पञ्चायत सम्मेलन

IMG-20240123-WA0329.jpg

गान्तोक: राज्यका सम्पूर्ण पञ्चायत, जिल्ला पञ्चायत अनि पार्षदहरुलाई लिएर ग्रामीण विकास विभागले आजदेखि तीन दिवसीय पञ्चायत सम्मेलनको आयोजना गरेको छ। राजधानीको मनन केन्द्रमा आयोजित तीन दिवसीय पञ्चायत सम्मेलनको आज उद्धघाटन समारोहमा मुख्य अतिथीको रूपमा ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा उपस्थित थिए भने मन्त्री एलबी दास, मन्त्री लोकनाथ नेपाल, मन्त्री एमएन शेर्पाको विशेष उपस्थिति रहेको थियो।

आज पहिलो दिन उपस्थित पञ्चायत अनि जिल्ला पञ्चायतका सदस्यहरुलाई ग्रामीण क्षेत्रमा भइरहेका विभिन्न कार्यक्रमहरू बारे भिडियो प्रेसेन्टेशन मार्फत जानकारी गराइयो। ग्रामीण क्षेत्रमा प्रभावशाली ढंगमा शसक्त रूपले जन सेवा दिनको निम्ति पञ्चायतहरुलाई उर्जा गर्न साथै प्रशिक्षण दिनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा यो तीन दिवसीय सम्मेलनको आयोजन गरिएको हो, जसमा ६ वटै जिल्लाबाट पञ्चायत अनि जिल्ला पञ्चायतहरुको व्यापक उपस्थिति रहेको छ।

यो सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि उपस्थिति दिंदै पञ्चायतहरुलाई सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यो सम्मेलनले ग्रामीण स्तरमा जन सेवा दिने पञ्चायत हरुलाई शसक्त बनाउने निश्चित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement