गान्तोक:अखिल किराँत राई संघ, युवा प्रकोष्ठको पहलमा मिस अनि मिस्टर राई प्रतियोगिता आयोजना गरिने भएको छ। आज पाँच माइलस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बधोन गर्दै एकेआरएस युवा प्रकोष्ठका अध्यक्ष मोहन कुमार राईले उक्त जानकारी गराएका हुन्।
उनले जानकारी गराए अनुसार २० जनवरीदेखि प्रतियोगीहरूको निम्ति पञ्जीकरण शुरू भइसकेको पनि उनले अवगत गराए। यसको निम्ति आगामी ३ फरवरीदेखि अडिसन राउण्ड शुरू हुने भएको छ। उनको भनाइ अनुसार यस प्रतियोगिता नर्थइस्त स्तरको रहने भएकोले यसको अडिसन दार्जीलिङ, कालेबुङ र डुवर्सको निम्ति सिलगढीमा अडिसन हुनेछ भने सिक्किम राज्यको निम्ति राङकास्थिक पारूहाङ साप्तेन माङखिम परिसरमा आयोजना हुने छ।
यसरी नै अधिक प्रतियोगीहरूले पञ्जीकरण गरेको खण्डमा गुवाहाटीमा पनि अडिसन सम्पन्न गराउने आयोजक समितिले योजना बनाएको उनले बताए। तर प्रतियोगिहरूको संख्या कम भएमा अनलाइन अडिसन गराउने भएको छ। यस प्रतियोगितामा आफ्नो सहभागी बन्नको निम्ति १८-३० वर्ष उमेरको हुनुपर्ने पनि उनले पत्रकारहरूलाई जानकारी गराए।
विशेष गरेर वर्तमान युवा पीढिले आफ्नो साहित्य, संस्कार र संस्कृति बिर्सन्दै गएको हुनाले आफ्नो परम्परालाई संरक्षण गर्ने उद्देश्यले यस प्रकारको प्रतियोगिता आयोजना गरिने प्रकोष्ठले सोंच बनाएको बताए। उक्त प्रतियोगिताको फाइनल आगामी फरवरीको २८ फरवरीको दिन हुने उनले थप बताए।
यस अवसरमा संगठनका महासचिव कविता खालिङ, कोषाध्यक्ष पंकज राई र नबिन कुमार राईले पनि सम्बोधन गरेका थिए।









