गान्तोक: सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएशनले डुवर्सको जयगाउँमा आयोजित ९औं खुल्ला इन्डिभिज्युवल ताइक्वाण्डो प्रतियोगितामा विभिन्नवर्गमा पदक हासिल गरेको प्रशिक्षक सञ्जय सुब्बाले जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार ५१ वटा स्वर्ण पदक, १३ वटा रजत र १५ वटा काँस्य पदक सिक्किम भित्रिएको छ। गत १९-२० जनवरीको दिन अलिपुर जिल्लाअन्तर्गत जयगाउँमा आयोजित उक्त प्रतियोगितामा राज्यबाट कूल २७ जना खेलाडीहरूले सहभागिता जनाएका थिए। उनले जानकारी गराए अनुसार सहभागिता जनाउने खेलाडीहरूमा 8 वर्ष भन्दा कम, ९-१२ वर्ष, १२-१४ वर्षसम्म उमेर भएका खेलाडीहरू सामेल रहेका थिए। आगामी दिनमा राजस्थानको जयपुरमा आयोजना हुने अन्तराष्ट्रीयस्तरको ताइक्वाण्डो प्रतियोगिताको लागि भोलिदेखि नै खेलाडीहरूको छनौट गरिने पनि जानकारी गराएका छन्।









