खरसाङ: खरसाड शहरलाई स्वच्छ एंव सुन्दर राख्न साथै प्रत्येक वार्डहरू सफा राखुन् भन्ने उद्देश्य लिएर नगरपालिका अधीनस्थ प्रत्येक वार्डमा खरसाङ नगरपालिकाद्वारा सचेतना कार्यक्रम भईरहेको छ। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर ५, ६, ७ र ८ मा फोहोर मैला प्रबन्धन विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा प्रत्येक वार्डमा नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानसहित नगरपालिकाको कर्मचारीहरू गएर मानिसहरूलाई फोहोर मैला प्रबन्धन विषयमा सचेत गराएका छन्। आजको सचेतना कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पा पनि उपस्थित रहेका थिए।

कार्यक्रममा मानिसहरूलाई फोहेर मैला प्रबन्धन विषयमा जानकारी गराइएको छ। विशेष गरेर नगरपालिका क्षेत्रको प्रत्येक घरदेखि निस्किएको मैला हर घरमा आएर निर्मल बन्धु-निर्मल साथीहरूले हरेक बिहान सिटी फुकि फुकि उठाउने गरिरहेका छन् भने प्रत्येक वार्ड वार्डका सामाजिक संघ संस्था एंव समाजका वरिष्ठ नागरिकहरू लिएर खरसाड नगरपालिकामार्फत् गरिरहेको सफाई अभियान कार्य विषय लिएर जनचेतना सभा गरिरेहका छन् भने नगरवासीहरूबाट सहयोगको अपेक्षा राखी अनुरोध गरिरहेका छन्। यसै कार्यक्रम लिएर आज वार्ड नम्बर ९ र १० लाई लिएर खरसाङको मन्टभियट खेल-मैदानमा सभा बिहान ११ बजेदेखि सम्पन्न गरियो भने वार्ड नम्बर ६,७, ८ लाई लिएर खरसाङ नगरपालिकाको प्रेक्षा गृहमा २:३० बजेदेखि सभा सम्पन्न गरियो। उक्त फोहोर मैला प्रबन्धन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले खरसाङ नगरपालिकाद्वारा फोहोर मैला प्रबन्धन विषयमा वार्ड नम्बर ५, ६, ७ र ८ मा सचेतना कार्यक्रम गरिएको र आजको कार्यक्रममा आफुलाई पनि निम्तो दिइएकोमा नगरपालिकाप्रति आभार प्रकट गरेका छन्।

उनले खरसाङलाई सफा र सुन्दर राख्नलाई प्रत्येक जनताले साथ दिनुपर्छ र जनताको साथबिना यो प्रोजेक्ट पूरा हुँदैन भन्दै सबैलाई नगरपालिकाको कार्यमा सहयोग गरिदिने जनतालाई निवेदन गरेका छन्। सभासद शेर्पाले नगरपालिकाले सोचेर काम गर्दा मात्र सफल हुँदैन तर जनताको साथ अवश्य चाहिन्छ भनी बताए। उनले खरसाङ शहरलाई सफा र सुन्दर राख्न सबैले साथ र सहयोग दिनु पर्ने सबैलाई आह्वान् गरेका छन्।









