अयोध्याधामबाट सिधै कोलकाता पुगे संघ प्रमुख मोहन भागवत

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः अयोध्याधाममा सोमवार प्राण प्रतिष्ठा समारोहमा सामेल भएपछि राष्ट्रिय स्वयंसेवक संघका प्रमुख डा. मोहन भागवत तीन दिवसीय प्रवासमा कोलकाता पुगे। संघका एक वरिष्ठ पदाधिकारीले मंगलवार बिहान भने, संघ प्रमुख अयोध्याबाट सोझै सोमवार राति लगभग ११ः३० बजी कोलकाता पुगेका छन्। २३ जनवरी र २४ जनवरीमा उनको पश्चिम बंगालमा विभिन्न कार्यक्रमहरू छन्।

गत वर्ष पनि २३ जनवरीमा मोहन भागवत कोलकातामा थिए। उनी नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा नेताजी लोह प्रणाम कार्यक्रममा मुख्य वक्ताको रूपमा सामेल भएका थिए। संघ प्रमुख गत महिना दिसम्बरमा दुई दिवसीय भ्रमणमा बंगाल आएका थिए। उनले पूर्व सीबीआई प्रमुख उपेन विश्वास, अभिनेता विक्टर मुखर्जी, तबला वादक विक्रम घोष र भाजपा नेता कल्याण चौबेसॅंग भेट गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement