जलपाइगढ़ीः जिल्लाको बानरहाट ब्लकको देवपाड़ा चिया कमानलाई फेरि बन्द गरिएको छ। जानकारी अनुसार, केन्द्रिय राज्य मन्त्री जोन बारलाको घर नजिकस्थित यस चिया कमानका प्रबन्धक अधिकारी रातको अन्धकारमा बिना कुनै नोटिसको कमान छोड़ेर भागे। मंगलवार बिहान फ्याक्ट्री गेटमा ताला लागेको देखेर कर्मचारीहरूमा सनसनी फैलियो।
उल्लेख्य, लामो समयसम्म बन्द रहेपछि देवपाड़ा चिया कमान गत साल २० जूनमा खोलिएको थियो। यसपछि श्रमिकहरूले विभिन्न मागहरूलाई लिएर गत नोभेम्बरमा थानाको घेराव गरी सड़क जाम गरेका थिए। कमान अधिकारीले श्रमिकहरूलाई चार महिनाभन्दा धेरै समयदेखि वेतन पनि नदिएको आरोप छ। हिजो श्रमिकहरूले कमान अधिकारीहरूसित आफ्नो बाकी भुक्तानको माग गरेका थिए। जसपछि कमान अधिकारीहरूले यस सम्बन्धमा भोली दिउँसोसम्म सबैको खातामा पैसा आउने आश्वासन पनि दिएका थिए। जसपछि कमान अधिकारीहरू राति नै कमान बन्द गरेर भागे।









