जंगली हात्तीको हमलमा श्रमिक घाइते

IMG-20230528-WA0320-5-300x172-7

अलिपुरद्वारः जंगली हात्तीको हमलामा एक श्रमिक घाइते भएको छ। घाइते चिया श्रमिकको नाम पतुरस खडिया बताइएको छ। घाइते चिया श्रमिकको अलिपुरद्वार जिल्ला अस्पतालमा उपचार चलिरहेछ। मंगलवार भर्नाबाड़ी चिया कमानको श्रमिक परतुस खडिया कालचिनी ब्लकको चिया कमानमा काम गर्न गएको थियो। तब कमान नजिकको क्षेत्रमा जंगली हात्तीहरूको हमलामा श्रमिक गम्भीर रूपमा घाइते भयो। घटनापछि कमान श्रमिकहरूले परतुसलाई गम्भीर अवस्थामा लताबाड़ी अस्पताल लगे। पछि स्थिति अझ् खराब हुँदा उसलाई त्यहाँबाट अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement