जादवपुर विश्वविद्यालयमा प्राण प्रतिष्ठाको लाइभ टेलीकास्टको विवाद बढ्दै

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः जादवपुर विश्वविद्यालयमा अयोध्याको राम मन्दिरमा सोमवार सम्पन्न प्राण प्रतिष्ठा समारोहको लाइभ टेलीकास्टलाई लिएर शुरू भएको विवादका कारण उत्पन्न तनाउ अझै पनि थामिएको छैन। विश्वविद्यालय परिसरमा तनाउको स्थिति यथावत छ। सोमवार यस विषयलाई लिएर निकै हंगामा भयो। टेलीकास्ट रोकिदिएपछि आरएसएसको छात्र एकाई, एबीवीपीका सदस्यहरू र सुरक्षा गार्डबिच झडपमा विश्वविद्यालयका प्रति कुलपति अमिताभ दत्ता घाइते भए।

विश्वविद्यालयका एक अधिकारीले मंगलवार भने, कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न एबीवीपीका लगभग ५० सदस्य त्यहॉं उपस्थित थिए। टेलीकास्ट रोकिदिएपछि उनीहरू आक्रोशित बने र उनीहरूले जय श्री रामको नारा लगाउन शुरू गरे। उनले अझ भने, दत्ताले विद्यार्थीहरूलाई चुप बस्न लगाए, तर उनीहरू मानेनन्। यसावधि भएको हातपातमा प्रति कुलपति र एक सुरक्षा गार्डलाई सामान्य चोट लाग्यो। दत्तासॅंग सम्पर्क गर्दा उनले यस विषयमा कुरा गर्न अस्वीकार गरे।

अल बंगाल यूनिवर्सिटी टीचर्स एसोसिएशनले राज्यपाल, मुख्यमन्त्री र शिक्षा मन्त्रीलाई पत्र लेखेको छ। पत्रमा संगठनले परिसरमा यस्तो धार्मिक गतिविधिको आयोजनको प्रयासमा चिन्ता व्यक्त गरेको छ, जसद्वारा धर्मनिरपेक्ष भावनाको उल्लंघन हुन्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement