प्रीमियर लीगः अलोन्सोको गोलले हार्नदेखि बाँच्यो चेल्सी

photocollage_2022520144752994.jpg

२० मईः मार्कोस अलोन्सोको गोलले खराब लयसँग जुझिरहेको चेल्सी ईंग्लिश प्रीमियर लीगको म्याचमा हार्नदेखि बाँच्यो। बिहीवार राति चेल्सी एक समय पछाड़िएर लिस्टर सिटी विरुद्ध जसोतसो १-१-ले ड्र-मा पुग्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ६८ प्रतिशत पोजेशनको साथ खेले पनि थोमस टुचेलको टीमले शुरुमै गोल खायो। जेम्स मेडिसनले लिस्टर सिटीलाई छैटौं मिनटमै बढ़त दिलाए। शुरुमै गोल खाएपछि चेल्सीले मध्यान्तरअघि बराबरी हासिल गऱ्यो। चेल्सीको निम्ति मार्कोस अलोन्सोले ३५औं मिनटमा गोल गरे। त्यसपछि पूरा म्याचमा चेल्सीले गोल गर्ने एकाधिक मौका गुमायो। यस निराशाजनक ड्र पछि चेल्सी ३७ वटा म्याचमा ७१ पोइण्टको साथ प्रीमियर लीग टेबलको तेस्रो स्थानमा कायम रह्यो जबकि नवौं स्थानमा रहने लिस्टर सिटीसँग ४९ पोइण्ट रहेको छ।

यसबीच एभर्टनले रोमाञ्चक म्याचमा क्रिस्टल प्यालेस विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। म्याचमा विजेता टीमबाट मिकेल किनले ५४औं, रिचार्लिसनले ७५औं र डोमिनिक काल्भर्ट-लेविनले ८५औं मिनटमा गोल गरे। एक समय २ गोलले अघि रहेर पनि हारको सम्मुखीन हुने क्रिस्टल प्यालेसबाट जीन-फिलिप माटेटाले २१औं र जोर्डन एयेउले ३६औं मिनटमा गोल गरे। यस जीतपछि एभर्टन ३७ वटा म्याचमा ३९ पोइण्टको साथ १६औं स्थानमा कायम रह्यो भने क्रिस्टल प्यालेस ४५ पोइण्टको साथ १३औं स्थानमा रहेको छ। यसबीच एस्टन भिल्ला र बर्नलेबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement