नेताजी जयन्तीको अवसरमा सभासद श्याम शेर्पाको अगुवाईमासद्भावना लेवफेयर सोसाईटीद्वारा सर सफाई

IMG-20240123-WA0199.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत वार्ड नम्बर ७ काे सद्भावना सोसियल वेलफेयर सोसाइटीद्वारा आज नेताजी सुवासचन्द्र बोसकाे जन्म जयन्तीकाे पावन अवसरमा समाजकै जमीनमा सरसफाई गरेर मनाएको छ। आजको सफाई कार्यक्रममा विशेष २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाकाे उपस्थितिमा सम्पन्न भएको छ। उक्त सर सफाई विषयमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार सद्भावना सोसियल वेलफेयर सोसाइटीले खरसाङमा विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ र आज पनि नेताजी जयन्तीको दिन समाजका सदस्यहरू मिलेर सर सफाईको कार्य सम्पन्न गरिएको छ। प्राप्त जानकारी अनुसार समाजकाे आठ पोलभन्दा ज्यादा रेजिस्टर जमीन रहेको र उक्त जमीनमा ठूलो सार्वजनिक भवन बनाउने उद्देश्य रहेकोले जीटीए प्रमुख कार्यपाल अनित थापालाई जमीनकाे भ्रमण गराई सकेको र उनले त्यहाँ ठूलो सार्वजनिक भवन बनाउने सक्ने र भविष्यमा बनाई दिने पनि वचन दिएकोले गर्दा आज सबै मिलेर जमीनकाे सरसफाई गर्दै झ्यार जंगलकाे कटाई गरिएको र अब चाढै मुख्य कार्यपाल अनित थापासित सरसल्लाह गरि विभागमा पहल गरिने भएको छ। आजकाे सफाई कार्यक्रममा समाजकाे सभापति औतारी शर्मा, महासचिव दिनेश लामा, कार्यकारिणी सदस्यहरु अरुण तामाङ, साहित्यकार बालकृष्ण थामी, नर्बु लेप्चा, राजेन गोले, सुरेश गोले, दिपु तामाङ, शिव छेत्री, दावा शेर्पा, रिक्देन लामा, सिध्दु शेर्पा, सतसम सुन्दास्, दावा योञ्जन, निरज प्रधान, दिपम थामी, रतन मुखिया आदिकाे उपस्थिति रहेको थियो।

सभासदद्वारा आजको पावन अवसरमा गरेको सामाजिक कार्यकाे लागि सबैलाई कृतज्ञता प्रकट गरेका छन् भने समाजकाे तर्फबाट महासचिव दिनेस लामाले सबैलाई धन्यवाद ज्ञापन गरियो भनी समाजकाे प्रचार प्रसार सदस्य अरुण तामाङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement