वाशिङ्गटन: हलीवुडका प्रसिद्ध निर्देशक एवं फिल्म निर्माता नर्मन ज्विसनको ९७ वर्षको उमेरमा निधन भएको छ। हलीवुडलाई धेरै उत्कृष्ट फिल्महरू दिने ज्विसनले शनिवार घरमा अन्तिम साल लिए। उनको निधनको पुष्टि परिवारका सदस्य जेफ सेन्डरसनले गरेका छन्।
नर्मन ज्विसनको निधनमा द न्यूयर्क टाइम्सको रिपोर्ट अनुसार, उनलाई तीनपल्ट अस्करको निम्ति नामांकित गरिएको थियो। 1999 मा उत्कृष्ट उपलब्धिका लागि उनलाई अकादमी पुरस्कार प्राप्त भयो। उनले ‘डोरिस डे कमेडी’ र ‘मूनस्ट्रक’ देखि लिएर अस्कर विजेता ‘इन द हीट अफ् द नाइट’ जस्ता सुपरहित फिल्महरूको निर्देशन गरेका छन्। उनलाई ‘इन द हीट अफ् द नाइट’ को निम्ति अस्कर पुरस्कार प्रदान गरिएको थियो।
परिवारका सदस्य जेफ सेन्डरसनले ज्विसन अहिले कहॉं बस्दै थिए भन्ने कुरा बताउन चाहेनन्। उनले परिवारको पक्षमा गोपनीयताको निम्ति अनुरोध गरे।