नक्सलबारी: नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीको उपलक्ष्यमा नक्सलबारी ब्लक १ युवा तृणमूल कङ्ग्रेसको पहलमा बाघडुग्राको बिहार मोडमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा १५० युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आगामी दिनमा विभिन्न ठाउँमा रक्तदान शिविरको आयोजना गरिने बताए। नक्सलबारी ब्लक १ युवा अध्यक्ष स्वागत घोषले भने, रगतको संकट दूर गर्ने उद्देश्य लिएर रक्तदान शिविरको आयोजना गरिएको हो।