सिलगढी। भारतको स्वतन्त्रताका पहिलो अग्रपंक्तिका स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मजयन्तीमा सारा देशले उनको बलिदानलाई सम्झिरहेको छ। भारतीय स्वतन्त्रता सेनानी तथा आजाद हिन्द फौजका संस्थापक तथा कमाण्डर-इन-चीफ नेताजी सुभाषचन्द्रको जन्मदिन मनाउने क्रममा आज सिलगढी म्युनिसिपल कर्पोरेशनको तर्फबाट पनि पराक्रम दिवस पालन गरे। यस अवसरमा सुभाषपल्लीस्थित नेताजी मोडमा रहेको नेताजीको सालिक अगाडि झण्डा फहराइएको थियो। यस क्रममा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार र अन्यले नेताजीको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे। मेयर गौतम देवले नेताजीलाई महान स्वतन्त्रता सेनानीको रुपमा व्याख्या गर्दै उहाँको आदर्शलाई हामीले पालना गर्नुपर्ने बताए।








