जलपाइगढी। आज २३ जनवरी २०२४ स्वतन्त्र संग्रामी नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मजयन्ती भएकोले यस दिवसलाई वीरता दिवसका रुपमा मनाइन्छ। यस क्रममा नेताजीलाई सम्झन्दै जलपाइगढीमा पूर्ण सम्मानका साथ झण्डा फहराइएको थियो र नेताजीको प्रतिकृतिमा पुष्पार्पण गरिएको थियो भने योसितै विभिन्न कार्यक्रमहरु सम्पन्न भएको थियो। मंगलाबार विहान यसरी नै जलपाइगढी फणीन्द्र देव विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा एक कार्यक्रममार्फत नेताजीको सम्झना गर्दै पराक्रम दिवस पालम गरिएको थियो।









