म्याड्रिड, २३ जनवरीः स्पेनिश ला लीगा फूटबलमा गत म्याचको हारलाई भुलेर एट्लेटिको म्याड्रिडले जीतको स्वाद चाख्यो। एट्लेटिको म्याड्रिडले सोमवार राति खेलिएको रोमाञ्चक म्याचमा ग्रानाडालाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले एकमात्र गोलको निम्ति पनि निक्कै मेहनत गर्नु पऱ्यो। अन्तमा अल्वारो मोराटाले ५४औं मिनटमा दिलाएको गोलले एट्लेटिकोले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ग्रानाडाले विपक्षी टीममाथि लगातार दबाउ बनाए पनि गोल दर्ता गर्न नसक्दा हारको सामना गर्नु पऱ्यो। यस जीतपछि एट्लेटिको म्याड्रिड २० वटा म्याचमा ४१ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको चौथो स्थानमा पुग्यो। अहिले एट्लेटिको र एथलेटिक्स क्लब (२१ वटा म्याच)-सँग ४१-४१ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा डिएगो सिमेओनको टीम अघि रहेको छ। यसरी ग्रानाडा चाहिँ २१ वटा म्याचमा केवल ११ पोइण्ट्स लिएर फेदबाट दोस्रो स्थान (१९औं)-मा रहेको छ।