टेस्ट सीरीजमा जयसवालले असल प्रदर्शन गर्ने गावस्करको दावी

IMG-20240123-WA0116.jpg

चेन्नई, २३ जनवरीः महान ब्याटर सुनिल गावस्करको भनाइअनुसार, युवा ओपनिंग ब्याटर यशस्वी जयसवालले ईंग्ल्याण्ड विरुद्ध स्वदेशमा खेलिने ५ वटा म्याचको आउँदो टेस्ट सीरीजको माध्यमले भारतीय टेस्ट टीममा आफ्नो स्थान पक्का गर्नेछन्। पूर्व भारतीय कप्तान गावस्करले २० वर्षीय ओपनरले गत सीरीजमा दक्षिण अफ्रिकाको कड़ा र बाउन्सले भरिएको पीचको तुलनामा भारतीय पीचहरूमा आफ्नो लयमा खेल्ने मौका पाउने बताए। गावस्करले भने, घरेलु पीचहरू अलग हुनेछ। अतिरिक्त बाउन्सले गर्दा दक्षिण अफ्रिकामा खेल्नु मुश्किल थियो। त्यहाँ भारतका अनुभवी ब्याटरहरूले पनि संघर्ष गरिरहेका थिए जबकि यशस्वी त युवा हुन्। उनले सेञ्चुरियन र वेष्ट इण्डिजमा देखाएको आक्रामक मिजासमा ध्यानमा राखेर भारतीय पीचहरूमा खेल्दै उनले टेस्ट टीममा आफ्नो स्थान पक्का गर्न सक्नेछन्। शीर्ष क्रममा ब्याटिंग गर्दा सामान्य धैर्य चाहिँ हुनु पर्नेछ। म पूर्व निश्चितताको साथ त भन्न सक्दिन तर आउँदो सीरीजको माध्यमले यशस्वीले भारतीय टेस्ट टीममा स्थान पक्का गर्ने चाहिँ प्रबल सम्भावना रहेको छ। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच पहिलो टेस्ट २५-देखि २९ जनवरीसम्म हैदराबादमा खेलिनेछ। त्यसपछि दोस्रो टेस्ट २-देखि ६ फरवरीसम्म विशाखापट्टनममा, तेस्रो टेस्ट १५-देखि १९ फरवरीसम्म राजकोटमा, चौथो टेस्ट २३-देखि २७ फरवरीसम्म राँचीमा अनि पाँचौं तथा अन्तिम टेस्ट म्याच ७-देखि ११ मार्चसम्म धर्मशालामा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement