मेलबर्न, २३ जनवरीः भारतका ४३ वर्षीय दिग्गज खेलाड़ी रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीले मेलबर्न पार्कमा नीदरल्याण्डका वेस्ली कूलहोफ र क्रोएशियाका निकोला मेकटिकको जोड़ीलाई सीधा सेटमा पराजित गरी अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगलको क्वार्टर फाइनलमा स्थान बनायो। भारत र अष्ट्रेलियाको दोस्रो वरीयता प्राप्त जोड़ीले कूलहोफ र मेकटिकको पूर्व नम्बर एक जोड़ीलाई ७-६, ७-६-ले पराजित गऱ्यो। यस जीतको साथै बोपन्ना युगल ऱ्यांकिंगमा दोस्रो स्थानमा पुग्ने पनि सुनिश्चित भयो। यसरी उनको जोड़ीदार एबडेन तेस्रो स्थानमा पुग्नेछन्। यसरी यस जोड़ीले सालको पहिलो ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाए विश्व युगल ऱ्यांकिंगमा शीर्ष स्थान हासिल गर्ने पनि सुनिश्चित रहेको छ। अष्ट्रेलियन ओपनमा यो बोपन्नाको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। यसअघि उनी कहिले पनि सालको पहिलो ग्राण्ड स्ल्याममा पुरुष युगलको क्वार्टर फाइनलमा पुगेका थिएनन्। गत वर्ष चाहिँ उनी सानिया मिर्जासँग मिश्रित युगलको फाइनलमा पुगेका थिए।










