‘इण्डिया नाम मैले राखेकी हुँ, तर बैठका मलाई नै सम्मान दिँदैनन्: ममता

mamata-banerjee.png

राम मन्दिरको खर्चलाई लिएर प्रश्न तेर्साइन्

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार राम मन्दिरको प्राण प्रतिष्ठा भएको दिन कोलकातामा लामो पदयात्रा गरिन्। हिन्दू, मुस्लिम, सिख औ इसाई सबै समुदायका पूजारी अनि हजारौं कार्यकर्ता एवं समर्थकहरूलाई साथमा लिएर उनले हाजरा मोड़देखि ऱ्याली निकालिन्।

भवानीपुर हुँदै उनी मुस्लिम बहुल क्षेत्र पार्क सर्कससम्म पुगिन् जहाँ उनले आफ्नो सम्बोधन राखिन्। बाटैमा रहेको आफ्नो घरको नजिकै कालीघाट मन्दिरमा सबैभन्दा पहिला उनले पूजा गरिन्। त्यसपछि भवानीपुरको गुरूद्वारामा प्रार्थना गरिन्। त्यसपछि चर्चमा प्रार्थना गरिन् अनि मस्जिदमा च्यादर चढ़ाएपछि मार्क सर्कसमा सम्बोधनशुरू गरिन्। यहाँ उनले केन्द्रको नरेन्द्र मोदी सरकारमाथि तीव्र प्रहार गर्दै भनिन्, बिहानदेखिकै यस्तो परिवेश सृजना गरिएको छ मानौं स्वतन्त्रता सङ्ग्राम भइरहेको छ। वास्तवमा भन्नुपर्दा भाजपा नारीविरोधी हो। यसले रामको नाम मात्र जप्छ, सीताको नाम कहिल्यै जप्दैन जबकि सीता बिना भगवान रामको अस्तित्व नै छैन। कौशल्याले नै रामलाई जन्म दिएकी थिइन्। आमा बिनाको राम जन्मिएनन्। सीतालाई अग्नि परीक्षा दिनु परेको थियो। उनी नारी विरोधी हुन्, त र हामी ननारी शक्तिलाई सम्मान दिन जान्दछौं, यसैले माँ दुर्गाको पूजा गर्दछौं।

ममताले भनिन्, यिनीसित बंगालको बाँकी पैसा दिने पैसा समेत छैन, मानिसहरूको पारिश्रमिक दिएको छैन, सड़क निर्माणको लागि पैसा छैन। बंगालबाट कर असुल गरेर लैजान्छन् मात्र हाम्रो भाग भने दिँदैनन्। राम मन्दिरमा धेरै खर्च गरिरहेका छन्।

विपक्षी इण्डी गठबन्धनमाथि प्रश्न तेर्साउँदै ममताले भनिन्, गठबन्धन इण्डिया नाम म स्वयंले राखेकी थिएँ, तर उनैलाई बैठकमा उचित सम्मान दिँदैन। ममताले यो पनि भनिन्, नेताजी सुभाष चन्द्र बोसको भोलि जयन्ती हो। केन्द्र सरकारले नेताजीलाई सम्मान गर्दैन, तर म गर्छु यसैले बंगालमा नेताजी जयन्तीमा छुट्टी छ।

उनले भनिन्, जतिबेला बाबरी मस्जिद भत्काइएको थियो त्यसबेला उनी एक्ल सड़कमा उत्रिएकी थिइन्।

उल्लेखनीय छ, देशमा प्राण प्रतिष्ठा सम्पन्न भएकै क्षणमा ममता ब्यनर्जीले कोलकातामा सद्भावना ऱ्याली निकालेर सर्वधर्मको सन्देश दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement