गणतन्त्र दिवस तयारीलाई लिएर समीक्षा सभा सम्पन्न

IMG-20240122-WA0302.jpg

गान्तोक: आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर लिएर पाकिम जिल्लाका जिल्लापालको अध्यक्षतामा आज एक समीक्षा सभा सम्पन्न भयो। उक्त अवसरमा जिल्लापालले गणतन्त्र दिवसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सम्बन्धित विभागले गर्नुपर्ने व्यवस्थाको विभागगत समीक्षा गर्नको साथै आ–आफ्नो जिम्मेवारी सठीक ढंगले गर्नुपर्ने सम्बन्धित विभागका अधिकारीहरूलाई निर्देश दिए। उक्त कार्यक्रमको निम्ति सबै तयारी, बस्ने व्यवस्था, गार्ड अफ अनर, सांस्कृतिक कार्यक्रम, यातायात, बिजुली र खानेपानी आपूर्ति, मुख्य स्थलको सजावट लगायतका सबै तयारीहरू जाँच गर्न सम्बन्धित विभागका अधिकारीहरूलाई निर्देशन दिए। उनले आगामी कार्यक्रमलाई सफल बनाउनका लागि लगनशील भई काम गर्न सम्वन्धित पदाधिकारी र विभागलाई सद्भावका साथ सहयोग गर्न आग्रह समेत गरे। यस अवसरमा पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल (विकास) अनुपा तामलिङ, महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement