ऊर्जा संरक्षण अन्तर्गत २३१० घर लाभावान्तित

IMG-20240122-WA0301.jpg

गान्तोक: स्टेट डेजिनेटेट एजेन्सीको पहलमा ऊर्जा दक्षता र दिगो जीवन प्रवर्द्धन गर्न “नमूना ऊर्जा कुशल गाउँ अभियान” सोमबारिया वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा एक कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा सम्वन्धित विभागका मन्त्री एमएन शेर्पा रहेका थिए। यस अभियान अन्तर्गत छनोट गरिएका गाउँहरूमा ९ वाटको ४ वटा एलईडी बल्ब वितरण गरिएको थियो। उक्त कार्यक्रम अन्तर्गत कूल २३१० घरपरिवार लाभान्वित भएका छन्, जसले ऊर्जा संरक्षणको संस्कृतिलाई बढावा दिने दिशामा महत्वपूर्ण पहल शुरू गरेका छन्।यस प्रशंसनीय अभियानका लागि सपने नागी जीपीयू, थम्बोङ जीपीयू, सिक्तम टिकपुर जीपीयू, लुङचोक जीपीयू, लोअर फाम्बोङ जीपीयू र रुम्बुक जीपीयू अन्तर्गत ३० भन्दा बढी गाउँहरू चयन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री एमएन शेर्पाले सुनिश्चित र उज्जवल भविष्यका लागि प्रत्येक व्यक्तिले खेल्ने निर्णायक भूमिकामाथि जोड दिए।उनले सरकारको पर्यावरण-मैत्री योजनाहरूबारे पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement