रामललाको प्राण प्रतिष्ठा अनुष्ठानको रङ्गमा राममय बन्यो राजभवन

IMG-20240122-WA0308.jpg

गान्तोक: रामललाको प्राण प्रतिष्ठा अनुष्ठानको रङ्गमा आज सिक्किमको राजभवन पनि राममय बन्यो। आज अयोध्याधामस्थित प्रभु श्रीराम जन्मभूमिमा श्री रामललाको नवीन विग्रहको प्राण प्रतिष्ठाको अवसरमा राजभवनमा समारोह आयोजन गरियो।

यस अवसरमा श्री रामजीको प्रतिमामा दीप जलाइयो। यसपछि, राजभवन परिवारका सदस्यहरू र आईटीबीपीका जवानहरूले भजन कीर्तन प्रस्तुत गरे। यस क्रममा आज राजभवनमा बत्तीहरू जलाएर दिवाली मनाइएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement