गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले वाराणसीस्थित राजकीय बाल किशोर गृहका नानीहरूसॅंग श्रीराम प्राण प्रतिष्ठा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरे। बिहान ११ बजी बाल गृह पुगेका राज्यपालको स्वागत संस्थाका नानीहरूले गरेका थिए।
राज्यपालले कक्षमा श्रीराम जानकी प्रतिमाको पूजा गरेपछि नानीहरूसॅंग बसेर प्राण प्रतिष्ठा कार्यक्रमको प्रत्यक्ष प्रसाद हेरे। प्रसारण हेर्ने क्रममा राज्यपाल भावुक बनेका थिए। प्रसारण हेरेपछि उनले नानीहरूलाई ज्याकेट वितरण गरे। उनले नानीहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूको हालचालको बारेमा जानकारी लिएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
राज्यपाल आचार्यले यस क्षणलाई अलौकिक, अविश्वसनीय र ऐतिहासिक बताउॅंदै देशका यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आन्तरिक ह्रदयबाट धन्यवाद दिए। यस अवसरमा बाल गृहका अधीक्षक सौरभ मौर्या, अशोक कुमार, ज्ञान कुमार, मेजर सन्दीप मिश्रा आदि उपस्थित थिए।