नयाँ दिल्ली, २२ जनवरीः विराट कोहलीले व्यक्तिगत कारणहरूले गर्दा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -सँग इङ्ग्ल्याण्ड विरुद्ध आउँदो टेस्ट शृङ्खलाको पहिलो दुईवटा टेस्टबाट हट्ने अनुरोध गरेका थिए, जसलाई बीसीसीआईले स्वीकार गरेको छ। कोहलीले कप्तान रोहित शर्मा, टोली प्रबन्धन र चयनकर्ताहरूसँग यसबारे कुराकानी गरेका छन्। देशको प्रतिनिधित्व गर्नु सदा उनको सर्वोच्च प्राथमिकता रहेको तर केही व्यक्तिगत कारणहरूले गर्दा उनी पहिलो दुईवटा टेस्ट म्याचबाट बाहिर रहने कोहलीले बताएका छन्। बीसीसीआईले पनि उनको फसेलालाई सम्मान गर्दै उनलाई टोलीबाट हट्ने अनुमति दिएको छ। बोर्ड र टोली प्रबन्धनले स्टार ब्याटरलाई आफ्नो समर्थन दिएको छ अनि टोलीका रहल सदस्यहरूलाई टेस्ट शृङ्खलामा सराहनीय प्रदर्शन गर्ने क्षमताहरूमाथि विश्वास रहेको छ। पुरुष चयन समितिले चाँड़ै कोहलीको प्रतिस्थापनको घोषणा गर्नेछ। उल्लेखनीय छ, इङ्ग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको शृङ्खला २५ जनवरीदेखि शुरु हुनेछ। शृङ्खलाको अन्तिम टेस्ट म्याच ७ मार्चदेखि खेलिनेछ।