खरसाङ: खरसाङमा भईरहेको एघारौं शहीद गोल्ड कपको आज भएको खेलमा युनाईटेड ब्रदर कालेबुङले आमुक्त परिवार सिलगढीलाई ४-२ को अन्तरले पराजित गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र जीटीएको युवा मामिला अनि खेलकूद विभागको संयुक्त आयोजनामा खरसाङको चानबारी खेल मैदानमा भईरहेको एघारौं शहीद गोल्ड कप अन्तर्गत आज युनाईटेड ब्रदर कालेबुङ र अमुक्त परिवारमाझ खेल सम्पन्न भएको थियो। उक्त खेलमा शुरुमा नै कालेबुङको जर्सी नम्बर ७ हेमराज भुजेलले गोल गरेर बढ़त बनाएका थिए। त्यसको साथै कालेबुङकै जर्सी नम्बर ६ इजाक लेप्चालो अर्को गोल गरेर २-० को बढ़त बनाएका थिए। पहिलो हाफको खेलमा स्कोर २-० रहेको थियो। दोस्रो हाफको छैटौं मिनटमा कालेबुङको पक्षमा सोनाम शेर्पाले गोल गरेर ३-० को बढ़त बनाएका थिए। त्यसको केही समयपछि आमुक्त परिवारको जर्सी नम्बर १७ कर्णेबहादुर साहीले हेडरद्वारा गेल गरेका थिए भने आमुक्त परिवारकै जर्सी नम्बर ८ यम प्रधानले दोस्रो गोल गरेका थिए। तर त्यसको लगत्तै कालेबुङको जर्सी नम्बर ७ हेमराज गुरुङले पुन: गोल गरेर टिमको स्कोर ४ पुराएका थिए। यस खेलमा युनाइटेड ब्रदर कालेबुङको जर्सी नम्बर ७ हेमराज भुजेल म्यान अफ् द म्याच चयन भएका छन्। अब भोलि मंगलबार हुने खेल केएफसी र फुत्छेरिङ हिरोज भूटानमाझ हुने भएको छ।