राम मन्दिर उद्घाटनको अवसरमा मङपूमा शोभायात्रा सहित विविध धार्मिक कार्यक्रम

Screenshot_20240122_213847_Samsung-Internet.jpg

मङ्पू: आज मङपूमा विविध धार्मिक कार्यक्रम सम्पन्न गरियो। राम मन्दिर उद्घाटन समारोहको दिन आज मङपू रेसेप बजार सार्वजनिक शिव मन्दिरमा धार्मिक अनुष्ठानको साथमा पूजा-अर्चना गरियो। अयोध्यमा राम मन्दिर उद्घाटनको ऐतिहासिक दिनमा आज देश भरिमैं विभिन्न धार्मिक अनुष्ठान भव्य रूपमा सम्पन्न भइरहेको अवधि यता, श्री राम प्रतिष्ठान समिति रेसेप बजार मङपूको आयोजनामा स्थानीय त्रिशंकेश्वर सार्वजनिक शिवधाम मन्दिरमा बिहानदेखि नै पुजा-पाठ लगायत भजन-किर्तन अनि विभिन्न धार्मिक अनुष्ठान सम्पन्न भइरहेको छ।यसै क्रममा आज बिहान रेसेप बजारदेखि मङपू बस बिसाउँनी हुँदै रेसेप बजार सार्वजनिक शिव मन्दिरसम्म एउटा धार्मिक शोभायात्रा निकालिइयो। यसको साथै मन्दिर परिसरमा सिलगढीबाट आएका भजन मन्डली अनि मङपूका भजन मन्डीहरुले भजन-किर्तन गरे। आजको कार्यक्रममा जीटीए मङपू -लाब्दा समष्टि सभासद रतन थापा पनि प्रमुख रूपमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement