‘चिया गफ’ ५औँ कालेबुङ जिल्ला पुस्तक मेलामा लोकापर्ण

IMG-20240122-WA0290.jpg

कालेबुङ: साहित्यकार तथा पत्रकार प्रवीण खालिङको नयाँ कृति “चिया गफ” पाँचौ कालेबुङ जिल्ला पुस्तक मेलमा कालेबुङ, काठमाण्डौं, सिलगढीका सर्जकहरूको हातबाट लोकार्पित गरियो। जिल्ला पुस्तक अधिकारी दावा तामाङ, कवि साहित्यकार असिम सागर, समावेशी घारका अभियन्ता निरज थापा र प्रकाशक/गीतकार उमेश उपमाको बाहुलीबाट “चिया गफ” लोकार्पण गरियो।
जिल्ला पुस्तक अधिकारी तामाङले पुस्तक लोकार्पणको घोषणा गरे। लोकापर्ण पछि पाठक सर्जक गफ पनि सम्पन्न भयो। सर्जक प्रवीण खालिङ र निरज थापा बीच सम्पन्न गफमा “चिया गफ”का पाठ र यसले उठाएका सन्दर्भ केलाउने प्रयास थियोl
पाठकीय मन्तव्य उठान गर्दै थापाले स्थानीय सन्दर्भलाई पाठमा समेट्नुको कारण बारे चर्चा गरे। उनले विविध सन्दर्भ स्वादीष मित्र पनि प्रकारले अगर विध हराउने स्थितिमा अन्तर सन्दर्भ बताए। उनले विविध सन्दर्भ भित्र पनि अन्तरसन्दर्भ राम्रो प्रकारले आएको बताए। उनले गफको संस्कृति हराउने स्थितिमा गफ पढेर पाठकलाई आनन्द आउने बताए। सर्जक खालिङले वैश्विक सन्दर्भ आए तापनि स्थानीय सन्दर्भ सँग खाप खाने विषय उठान गरिएको बताए। उनले स्थानीय कुराहरू हामी आफैले नलेखे अरूको निम्ति असान्दर्भीक कुरा कसैले नलेखिदिने बताए।
“चिया गफ” अनलाइन मार्फत् हाम्रो किताब घर र रचना बुक्सबाट वितरण भइरहेको जानकारी गराए भने जिल्ला पुस्तक मेलाका सबै पसलमा उपलब्ध रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *