राम मूर्ति प्राण प्रतिष्ठाकाे दिन साैरेनी मिरिकमा उत्सव पालन

IMG-20240122-WA0289.jpg

मिरिक: श्रीराम जन्मभूमिमा निर्माण भइरहेकाे नयाँ मन्दिरकाे भुँईतलाकाे गर्भगृहमा भगवान् श्री रामकाे बालस्वरूपकाे नयाँ मुर्ति प्राण प्रतिष्ठा भइरहेकाे समय साेमबार साैरेनी अनि मिरिककाे वातावरण भक्तिमय बन्याे। साेमबार दिनभरि नै जाे काेही भगवान श्रीरामकाे नाम जप्दै भजन किर्तन गरिरहेका थिए। सबैले उत्साहकाे साथ प्राण प्रतिष्ठाकाे समय जय श्री रामकाे नारा लगाएका थिए। साैरेनीमा मनाकामेश्वर धाम सञ्चालन समितिकाे आयाेजनामा मनाकामेश्वर मन्दिरमा दिनभरि नै पूजा अर्चना गरियाे। पूजा अर्चनाकाे साथमा उत्सव स्वरूप शाेभा यात्रा निकालियाे। जसले साैरेनी बजार, हल्लने आदि क्षेत्रकाे भ्रमण गरे। शाेभा यात्रामा रहेका भक्तहरूले जय श्री रामकाे नारा लगाए अनि नाँच गान गरे। मन्दिर सञ्चालन समितिका सुनिल प्रधान अनि आदित्य प्रधानले साेमबार भारतवासीकाे लागि एउटा ऐतिहासिक दिन रहेकाे अनि लामाे प्रतीक्षापछि आयाेद्धामा भगवान श्री राम विराज मान भएकाे छ। जसले गर्दा हामी हर्षित छाैं। गाैरवकाे याे क्षणमा उत्सव मनाउन साेमबार साैरेनीमा धार्मिक अनुष्ठानकाे साथमा शाेभायात्रा निकालिएकाे बताए। दुवैले धार्मिक अनुष्ठानमा सहभागी बनेर कार्यक्रम सफल बनाउने सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement