खरसाङ: अयोद्यामा रामलल्लाको प्राण प्रतिष्ठाको अवसरमा खरसाङको विभिन्न मन्दिरहरूमा पूजा अर्चना साथै हर्षोल्लासको साथमा खुशीयाली मनाइएको छ। यस अवसरमा खरसाङको खरसाङको राम मन्दिर प्रांगणमा बिहान १० बजेदेखि पूजा अर्चना गरिएको छ। त्यसरी नै हरि किर्तनसहित सबै भक्तजनको लागि पूजा अर्चनासहित साँझमा दीप जलाएर तिहार मनाइएको छ। विशेष गरेर खरसाङक राम मन्दिरमा एक लाख एकाउन्न हजार बत्ती बालेर साथै ११ हदार पालाहरू बालेर भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा हर्षोल्लास मनाइएको छ। खरसाङका मानिसहरूले यस अवसरमा हर्षोल्लासको साथमा तिहार नै मनाएको छ। खरसाङको विभिन्न मन्दिरहरूमा आफ्नो आफ्नो तरिकाले पूजा अर्चना गरेर रामलल्लाको प्राण प्रतिष्ठाको हर्षोल्लास मनाएको छ। यस अवसरमा खरसाङके राम मन्दिरमा दूध अभिषेक गरेर प्रसाद वितरण साथै दिप उत्सव पालन गरिएको छ। यस अवसरमा खरसाङको विभिन्न क्षेत्रका मानिसहरू उपस्थित भएर रामलल्लाको प्राण प्रतिष्ठाको हर्षोल्लास मनाइएको छ। यस अवसरमा राम मन्दिर परिसरमा पूजा अर्चनासितै जय श्रीरामको नारा पनि गुञ्जिएको थियो।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै बिनय प्रसाद र महेश छेत्रीले विस्तृत रूपमा बताएका छन्। दुवैले बताए अनुसार खरसाङको विभिन्न मन्दिरहरूमा प्राण प्रतिष्ठाको हर्षोल्लास विभिन्न तरिकाले पालन गरिएको छ। यसपाली ५०० वर्ष पुरानो मांग पूरा भएको र यस अवसरमा खरसाङमा डबल तिहार हर्षोल्लासको साथमा मनाइएको बताएका छन्। यसरी खरसाङमा डबल त्हार पालन गर्न पाएकोमा साथै प्राण प्रतिष्ठाको हर्षोल्लास पालन गर्न पाएकोमा पुलिस प्रशासन, महकुमा शासक र सबै खरसाङका जनतालाई धन्यवाद दिएका छन्।