मैदानमा रेकर्ड र छक्काको वर्षा गर्दै ईंग्ल्याण्डको जीत

२८ जुलाईः भारत विरुद्ध घरेलु वनडे र टी२० सीरीजमा हारको रिस ईंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि पोखाइरहेको छ। ईंग्ल्याण्डले पहिलो टी२० म्याचमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गऱ्यो। बुधवार राति ईंग्ल्याण्डले पहिलो ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३४ रनको विशाल स्कोर बनायो। यो उनीहरूको टी२० अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक स्कोर हो। जवाफमा दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो। ईंग्ल्याण्डको टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर २४१ रन रहेको छ। बुधवार राति ईंग्ल्याण्डका खेलाड़ीहरूले १८ वटा छक्का लगाए। यो एउटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक छक्काको रेकर्ड हो। दक्षिण अफ्रिकाबाट ट्रिस्टन स्टब्सले एक्लै लड़ाइँ गरे तर टीमलाई जीत दिलाउन सकेनन्। स्टब्सले २८ बलमा ८ वटा छक्का र २ वटा चौकाको सहायताले ७२ रन बनाए। यसरी २२ वर्षीय स्टब्स टी२० अन्तर्राष्ट्रियमा अर्द्धशतक बनाउने देशका सबैभन्दा कम्ती उमेरका खेलाड़ी बने। स्टब्स बाहेक रीजा हेण्ड्रिक्सले ३३ बलमा ९ वटा चौका र एउटा छक्काको सहायताले ५७ रन बनाए। अरू कसै आउने र जाने मात्र भए।

ईंग्ल्याण्डको यस जीतको नायक जनी बेयरस्टो र मोईन अली रहे। पहिला ब्याटिंग गर्दै जेसन रोय (८) र आक्रामक मिजासमा रहने जोस बटलर (७ बलमा २२ रन)-लाई चाँड़ै गुमाएपछि बेयरस्टोले पहिला डाविड मलान (२३ बलमा ४३ रन, ४ वटा छक्का र एउटा चौका)-सँग तेस्रो विकेटको निम्ति ४५ बलमा ७१ रनको साझेदारी गरे। त्यसपछि बेयरस्टोले मोईन अली (52 रन)-सँग चौथो विकेटको निम्ति केवल 35 बलमा १०१ रन जोड़े। यो टी२० अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा तेज शतकीय साझेदारी हो। बेयरस्टो र मोईनले मिलेर दक्षिण अफ्रिकी बलरहरूलाई पिट्नसम्म पिटे।

मोईनले लुंगी एनगिडीको बलमा छक्का लगाएर केवल १६ बलमा अर्द्धशतक पूरा गरे। यो ईंग्ल्याण्डको तर्फबाट टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेज अर्द्धशतक हो। यी दुईले मिलेर ईनिंग्सको १७औं ओभरमा जम्मा ३३ रन बटुले। एण्डिल फेहलुकवायोको त्यस ओभरमा जम्मा ५ वटा छक्का लाग्यो। बेयरस्टोले ८ वटा छक्का र ३ वटा चौकाको सहायताले ५३ बलमा ९० रन बनाए। यसरी नै मोईनले १८ बल खेलेर ६ वटा छक्का र २ वटा चौका लगाए। दक्षिण अफ्रिकी बलरहरूमा एनगिडीले ५ विकेट लिए। मोईनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement