राजभवनमा पालन गरियो मणिपुर, मेघालय र त्रिपुराको स्थापना दिवस

IMG-20240122-WA0300.jpg

गान्तोक: भारतको विविधतामा एकताको संकल्पलाई मजबुत बनाउँदै एक भारत श्रेष्ठ भारतलाई अझ सुदृढ बनाउने उद्देश्यले आज राजभवनमा मनिपुर, मेघालय र त्रिपुराको स्थापना दिवस पालन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजभवनका सचिव जिग्मी दोर्जी भोटियाले यी तीनवटा राज्यहरूको स्थापना दिवस पालन गर्नाले विविधता एकताको सन्देश दिएको बताउँदै यस कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाएकोमा उनले सबैलाई धन्यवाद पनि दिए। यसरी नै उनले यी तीन राज्यहरूको विषयमा संक्षिप्तरूपमा जानकारी पनि गराए। उनले जानकारी गराए अनुसार सबै राज्य र केन्द्र शासित राज्यहरूको स्थापना दिवस पालन गर्नाले एकताको भावनालाई बढावा मिल्ने गर्दछ, जसको कारण विकसित भारतको दृष्टिकोणमा योगदान पुऱ्याउने पनि सम्भावना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement