गान्तोक: अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठालाई लक्षित गरेर आज राजधानी गान्तोकमा पनि उत्सव कार्यक्रम आयोजन गरियो। यो भव्य उत्सव कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्री सामडुप लेप्चा, मन्त्री सन्जित खरेल, मन्त्री सोनाम लामा, मन्त्री एलबी दास, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ अनि अन्य विशिष्ट अतिथीको रूपमा उपस्थित थिए।
मुख्यमन्त्री लगायत अन्य विशिष्ट अतिथीहरुले जिरो पाइन्टबाट शुरु भएको शोभा यात्रामा सरिक बन्दै एमजी मार्गमा निर्माण गरिएको राम मन्दिरको प्रारूपसम्म पुगे। उक्त शोभा यात्रामा अनेकौं मानिसको उपस्थिति रहेको थियो भने विभिन्न जात गोष्ठीको झाँकी प्रदर्शन गरिएको थियोएमजी मार्गमा आयोजित उत्सव कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भव्य स्वागत जनाइएको थियो भने उनले सबै राम भक्तहरूसँग मिलेर अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारणको अवलोकन गरे।
प्राण प्रतिष्ठा सम्पन्नपछि उनले यहाँ निर्मित राम मन्दिरको प्ररुपमा आरतीमा सहभागी बने। अनेकौं वर्षदेखि प्रतीक्षारत राम मन्दिरको निर्माण पूर्ण भएर आज प्राण प्रतिष्ठा आयोजन भएर भक्तजनको निम्ति समर्पित भएकोमा उनले सम्पूर्ण देशवासी लगायत सिक्किमे जनतालाई बधाई दिए।

यो महत कार्यालाई साकार गरेकोमा मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्र सरकारलाई सिक्किमे जनताको पक्षबाट हार्दिक धन्यवाद दिए। यसको खुशीयाली सम्पूर्ण सिक्किममा पनि छाएको उनले बताउँदै सबैलाई भगवान रामले आशीर्वाद दिउन् भन्ने कामना पनि गरे।