आगामी पञ्चायत सम्मेलनलाई सीएपीले बतायो औचित्यहिन

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: भोलि २३ जनवरीदेखि २५ जनवरीसम्म गान्तोकमा हुन गइरहेको तीन दिने पञ्चायत सम्मेलन पञ्चायतको अधिकारका लागि नभएर चुनाउमा जान अघिको एसकेएमको आधार (ग्राउण्ड) तयार पार्ने प्रयास मात्र रहेको सिटिजन एक्सन पार्टी सिक्किम (सिएपी) ले आरोप लगाएको छ।

आज सोमवार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर सिटिजन एक्लन पार्टीको लोकल सेल्फ वेल्फर काउन्सिलका अध्यक्ष तथा जिल्ला पञ्चायत सदस्य देवराज राईले एसकेएम सरकारले सिक्किमका पञ्चायतहरूको अधिकार खोसेर शक्ति केन्द्रिकृत गेरेकोले चुनाउ आउने समयमा राखिएको पञ्चायत सम्मेलनले पञ्चायत र आम जनतालाई फाइदा नपुग्ने बताए।

तीन दिने पञ्चायत सम्मेलनका लागि सरकारले करोडौं रुपियाँ खर्च गरिरहेको, १३०० जना पञ्चायत र अन्य प्रतिनिधिलाई राख्नका लागि गान्तोकमा ४४ भन्दा बडी होटल बुकिङ गरेको, तर तीन दिने सम्मेलनमा पञ्चायतको हित र अधिकारलाई लिएर कुनै कार्यक्रम समावेश नगरिएको राईले आरोप लगाए। यस दिने सम्मेलनले सरकारी कोषको दुरूउपयोग बाहेक पञ्चायतलाई अन्य फाइदा नपुग्ने बताउँदै सम्मेलन चुनाउ छेउमा गरिएको सम्मेलन पञ्चायत र आम जनतालाई प्रलोभित गराउने एसकेएमको प्रयास मात्र हो भन्दै यसलाई सिएपीले निन्दा गर्ने राईले बताए।

उनले भने, पञ्चायत सम्मेलनको अवसरमा निर्वाचित जन प्रतिनिधि रहेका पञ्चायतहरूमाझ नृत्य प्रतियोगिता राखिएको छ, जो अति नै दुर्भाग्यपूर्ण विषय हो। पञ्चायतहरू जनताका प्रतिनिधि भएर मुख्यमन्त्री र मन्त्रीहरू अघि नाच्नु शिष्टाचारपूर्ण हुँदैन। यस्तो सही हुन्छ भने त मुख्यमन्त्री गएर प्रधानमन्त्रीको अगाडी र प्रधानमन्त्री गएर राष्ट्रपति अगाडी नाच्नुपर्ने हुन्छ। यसैले पञ्चायलाई सम्मेलनमा बोलाएर नचाउने कुराको हामी विरोध गर्छौं सम्मेलन राखिएपछि पञ्चायतका हक, अधिकार, उनीहरूलाई सशक्त बनाउने विषय. पञ्चायतको अधिनमा रहेका २९ विभिन्न विषय आदिमा चर्चा हुनुपर्छ, पञ्चायतका लागि तालिम हुनुपर्छ।

एसकेएम सरकार गठनपछि सिक्किममा एकै पल्ट पनि राष्ट्रिय पञ्चायतिराज दिवस पालन नगरिएको देवराज राईले बताए। सरकारले पञ्चायतलाई सशक्त गराउने प्रयास नगरेकै कारण सिक्किमले राष्ट्रिय पञ्चायतीराज दिवसमा एउटै पनि पुरस्कार पाउन नसकेको उनले बताए। तीन दिने सम्मेलन पञ्चायतलाई भुल्याउने प्रयास मात्रै हो भन्दै उनले यसमा गर्ने खर्च जनहितका काममा प्रयोग गर्न सरकारलाई सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement