राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जानकी मन्दिरमा दीप प्रज्वलन

IMG-20240122-WA0277.jpg

जनकपुर: अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरि खुसी मनाइँदै छ। भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ। श्री रामको ससुराली र माता सीता जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदैछन्।यस अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ। सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ। जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरेका हुन्। जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ। राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको शहीदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिकालगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएको छ। सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन्। बटेश्वर गाउँपालिकामा स्थानीयले अष्टजाम आयोजन गरेका छन्। यस अवसरमा १ हजार एक साधुसन्तको भण्डारासमेत आयोजन गरेको रामपुकार महतोले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement