कोलकाताः भारत-बङ्गलादेश सीमामा बीएसएफले सुन तस्करको प्रयासलाई असफल बनाइदिएको छ। दुई भारतीय तस्करलाई दुईवटा सुनको ईटा अनि ३९ वटा सुनको बस्कुट समातिएको छ। जफत गरिएको सुनको मूल्य तीन करोड़ रुपियाँभन्दा अधिक छ।
बीएसएफका प्रवक्ताले बताए, तस्कर भारतीय सीमा भएर गुज्रिरहेको थियो, त्यैबेला बीएसएफ जवानहरूले समाते। आरोपीहरूको नाम प्रसेनजित मण्डल र श्रीवास मण्डल रहेको छ। दक्षिण बङ्गाल सीमानाका जनसम्पर्क अधिकारी डीआईजी एके आर्यले बताए, तस्करहरूले गरीब अनि सोझो मानिसहरूलाई पैसाको लोभ देखाएर आफ्नो जालमा फसाउने गर्दछन्। उनीहरूले सीमावर्ती क्षेत्रका मानिसहरूलाई अपील गरे, यदि सुन तस्करसित सम्बन्धित कुनै जानकारी हात लागे यसको सूचना तत्काल बीएसएफको हेल्पलाइन नम्बरमा दिइयोस्।
-हिस