एघाह्रौं शहीद गोल्ड कप: सेमिफाइनलमा पुग्न सफल युनाइटेड ब्रदर्स

photocollage_202412220143336.jpg

२२ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्स फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा सोमवार भएको टुर्नामेण्टको पहिलो क्वार्टर फाइनल म्याचमा गत सीजनको च्याम्पियन युनाइटेड ब्रदर्सले सिलगढ़ीको आमुक्त परिवारलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेलले २ गोल गरे। यसबाहेक इसाक लेप्चा र सोनम लेप्चाले पनि १-१ गोल गरे। यसरी अामुक्त परिवारबाट याम प्रधान र कर्णे बहादुर शाहीले गोल गरे। हेमराज भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा भूटानको फुञ्चोलिंग हीरोज एफसी र कञ्चनजंघा फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement