विभिन्न मन्दिरमा सांसद राजु बिष्टले गरे पूजा

photocollage_2024122194941167.jpg

सिलगढी: आज राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसरमा सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गरेका छन्l विज्ञप्तिमा उनले भनेका छन्, ‘आज अयोध्यामा नवनिर्मित भगवान श्री राम मन्दिरमा बाल-स्वरूप प्रभु श्री रामको प्राणप्रतिष्ठा भारतवर्षको इतिहासमा कालचक्र परिवर्तन दिवसको रूपमा अंकित हुनेछ। यो ऐतिहासिक घटना हाम्रो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण घटनामध्ये एक हो। भगवान श्री रामको अयोध्यामा आफ्नो घरमा फिर्ति हाम्रो सांस्कृतिक एवं धार्मिक विरासतको अटल सहनशीलताको मर्मस्पर्शी प्रमाण हो।’
दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रभरि पनि मन्दिरहरूमा विशेष पूजा, हवन अनि भजनको आयोजना गरेर यो उत्सव मनाइएको उनले बताएका छन्l
‘मैले यो विशेष अवसरमा श्री कृष्ण प्रणामी मन्दिरमा पूजा-अर्चना गरेपछि इस्कोन मन्दिरमा, तत्पश्चात पंजाबी पाड़ा स्थित शिव मन्दिरमा प्रार्थना गरेँ अनि सेवोक रोड़ स्थित श्री श्याम मन्दिरमा प्रार्थना गर्दै, महावीर स्थान सिलगढ़ीमा आनन्दमयी काली मन्दिरमा, श्री राम ठाकुर मन्दिर, हनुमान मन्दिर महावीर स्थानमा, र मेडिकल कलेज इस्थित काली मन्दिर प्रार्थना गरेँ। यी पवित्र स्थलहरूमा सामुहिक प्रार्थनाले भारतवर्षको सांस्कृतिक विरासतको समृद्ध गाथामा योगदान गर्ने विविध परम्पराहरूको सौहार्दपूर्ण सह-अस्तित्वलाई दर्शाउँछ’, विज्ञप्तिमा उनले भनेका छन्l भगवान श्री रामप्रति साझा आस्था र श्रद्धाले सामाजिक सिमानाहरू पार गरेर सबैमाझ भ्रातृत्व अनि एकताको भावनालाई बढावा दिने उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement