तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: पहिलो दिन रूम्बा ईलेभेन र चुनभट्टी बिजय

IMG-20240122-WA0249.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा फेरि तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। तीनधारेको १७ माइल युउथको अायोजनामा अाजदेखि शुरु भएको क्रिकेट टुर्नामेन्टको पहिलो खेल रुम्बा ईलेभेन र सिविटारमाझ सम्पन्न भएको थियो। रूम्बा ईलेभेनले टस जितेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित १५ ओभरमा १११ रन बनाएको थियो। ११२ रनको लक्ष्यलाई खेदो गर्दै सिविटारले १५ ओभरमा केवल ८२ रन मात्र बनाएर पराजित बनेको छ। यस पहिलो खेलमा ३ विकेट लिने रुम्बा ईलेभेनको खेलाड़ी नवीन लामा म्यान अफ् द म्याच चयन भएका थिए। यसै टुर्नामेन्टको दोस्रो खेल नवज्योति संघ चुनभट्टी र कोपरा ईलेभेनमाझ सम्पन्न भएको थियो। कोपरा ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १०८ रन बनाएको थियो। १०९ को लक्ष्यलाई खेदो गर्दै चुनभट्टीले १४ ओभर ४ बलमा ३ विकेट गुमाएर १०९ रन बनाएर ७ विकेटले खेल जितेको छ। चुनबट्टीको पक्षमा कप्तान मनोहर थापाले सर्वाधिक ३६ रन अनि सामूएल पोर्तेलले ३२ रन बनाएका थिए। यस खेलमा बलिङमा २ विकेट अनि ब्याटिङमा ३२ रन बनाउने चुनभट्टीको खेलाड़ी सामूएल पोर्तेल म्यान अफ् द म्याच चयन भएका थिए।

अब भोलि मंगलबार हुने पहिलो खेल युवराज ईलेभेन र गैरी गाउँ तीनधारे अनि दोस्रो खेल लिंकन क्लब सिपाहीधुरा र रंगटङ्गमाझ हुने भएको छ। यस तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो दिनको दुईवटा खेल विषयमा आयोजक समितिको पक्षमा अतिस रसाईलीले विस्तृत रूपमा बताएका छन्। उनले बताए अनुसार आजदेखि शुरु भएको यस तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टमा यसपाली जम्मा १६ वटा टिमहरूले भाग लिएका छन् र यस टुर्नामेन्टको फाईनल खेल अागामी ३० जनवरीको सम्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement