भारत जोडो न्याय यात्रालाई सफल बनाउन कंग्रेसले निकाले ऱ्याली

IMG-20240122-WA0235.jpg

कोचबिहार। राष्ट्रिय कंग्रेसले आज राहुल गान्धीको भारत जोडो न्याय यात्रालाई सफल बनाउने उद्देश्यले तुफानगञ्ज शहरमा ऱ्याली निकाल्यो। सोमबार दिउँसो तुफानगञ्ज शहरको पार्टी कार्यालयबाट सुरु भएको जुलुस तुफानगञ्ज शहरको परिक्रमा गरी राष्ट्रिय कंग्रेसको पार्टी कार्यालयमा समापन भएको थियो। राष्ट्रिय कंग्रेसको तुफानगञ्ज १ नम्बर ब्लक अध्यक्ष देवेन वर्माले मणिपुरबाट सुरु भएको राहुल गान्धीको भारत जोडो न्याय यात्राले भारतभर यात्रा गर्ने बताउँदैँ २५ जनवरीको दिन राहुल गान्धीको भारत जोडो न्याय यात्रा उत्तर-पूर्वी भारतको असम राज्यबाट बक्सिरहाट हुँदै पश्चिम बंगालमा प्रवेश गर्ने जनाएका छन्। हामीले हाम्रा नेतालाई स्वागत गर्न सबै प्रकारको तयारी गरेको बताए। उक्त दिन राहुल गान्धीको स्वागतमा राष्ट्रिय कंग्रेसको प्रदेश अध्यक्ष अधीर चौधरी सहभागी हुने बताइएको छ। यसपछि भारत जोडो न्याय यात्रा तुफानगञ्जको जिगातला आइपुग्नेछ र त्यहाँ राहुल गान्धीले खाजा खानेछन् र त्यसपछि कोचबिहार प्रस्थान गर्ने बताइएको छ। आज सम्पन्न ऱ्यालीमा राष्ट्रिय कंग्रेसका नेता शुभमय सरकार, कुट्टी पाल, कार्तिक प्रामाणिकलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement