सिलगढी। मुख्यमन्त्री ममता ब्यानर्जीको आह्वानमा दार्जीलिङ जिल्ला तृणमूल कंग्रेसको नेतृत्वमा सिलगढीमा सम्पूर्ण राज्यसहित सर्वधर्म सद्भाव रैली निकालिएको थियो। सर्वधर्म सद्भाव र्यालीमा सबै धर्मका मानिसहरुको सहभागिता रहेको थियो। धार्मिक एकतालाई स्मरण गर्दै तृणमूल कंग्रेसले सद्भावना ऱ्यालीको आयोजना गरेको थियो भने आज बाघाजतिन पार्कबाट निस्केको सर्वधर्म सद्भाव र्यालीले हाश्मी चोक मस्जिद, सेवक मोड, गुरुद्वारा अगाडि हुँदै नगर परिक्रमा गरेको थियो। सर्वधर्म सद्भाव र्यालीमा सिलगढीका मेयर गौतम देव, जिल्ला अध्यक्ष पपिया घोष र विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरू सहभागी थिए।