‘अगस्त्य’ नयाँ पोष्टरमा मलिका महत

IMG-20240122-WA0232.jpg

टीआरआई समाचार
काठमाडौ: फागुनको १८ गते (१ मार्चबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ। फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो।
यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ। यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन्। फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन। सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ।
यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ। फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement