स्टीफन कन्स्टेनटाइन बने ईष्ट बेंगलका मुख्य प्रशिक्षक

२८ जुलाईः भारतका पूर्व मुख्य प्रशिक्षक स्टीफन कन्स्टेनटाइनलाई यसपाली इण्डियन सुपर लीग (आईएसएल) टीम ईष्ट बेंगलका मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। क्लबले बुधवार यसबारे जानकारी दियो। यसअघि दुईपल्ट भारतीय राष्ट्रिय टीमका प्रशिक्षक रहिसकेका ५९ वर्षीय कन्स्टेनटाइन यस अनुबन्धको साथै फेरि एकपल्ट भारतमा फर्किनेछन्। भारतीय राष्ट्रिय टीमका प्रशिक्षकको रूपमा उनले असाधारण कार्य गरेका थिए। उनकै मार्गदर्शनमा भारतले फीफा ऱ्यांकिंगमा १७३औं स्थानबाट ९७औं स्थानसम्मको यात्रा तय गरेको थियो। ईष्ट बेंगलद्वारा जारी बयानमा भनिएको छ, राष्ट्रिय टीमका पूर्व मुख्य प्रशिक्षक स्टीफन कन्स्टेनटाइनलाई २०२२-२३ फूटबल सत्रको निम्ति हाम्रो मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। यो घोषणा गर्दै इमामी समूह अनि ईष्ट बेंगल धेरै खुशी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement