राम मन्दिर प्राण प्रतिष्ठामा देशवासीहरूलाई उपराष्ट्रपतिले दिए बधाई

download-46_0.jpg

नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखड़ले ऐतिहासिक नगरी अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा देशवासीहरूलाई बधाई दिएका छन्। साथै उपराष्ट्रपतिले यसलाई युगान्तकारी दिन बताएका छन्।

उपराष्ट्रपतिले सोमवार सोशल मीडिया एक्सको आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो प्रतिक्रिया दिँदै लेखेका छन्, पवित्र राष्ट्रिय गौरवको पुनर्जागरणको उत्सवको साक्षी बन्नु सुखदायी छ।

उनले भने, एघार दिनको कठोर अनुष्ठान पश्चात अयोध्यामा रामललाको अभिषेक समारोहको मार्गदर्शन गर्ने अन्य यजमान, सन्त अनि द्रष्टाहरूको उपस्थितिमा पवित्र अनुष्ठानको नेतृत्व गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक शुभकामना। उनले भने, इतिहासमा २२ जनवरीको दिन हाम्रो सभ्यतागत पथमा ‘दिव्यताको साथमा साक्षात्कार’-को निर्णायक क्षणको रूपमा अङ्कित रहनेछ।

उपराष्ट्रपतिले थप भने, आउनुहोस् हामी चारैतिर ज्ञान, शान्ति, सद्भाव औ धार्मिकता ल्याउनका लागि प्रभु श्रीरामको सत्यनिष्ठा, क्षमा, बहादुरी, इमानदारी, नम्रता, हेरचाह एवं करूणाका मूल्यहरूलाई जीवनका शैलीहरूको रूपमा विकसित गर्ने सङ्कल्प लिऔं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement